
केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याच खेलिरहेको नेपालले सुदृढ सुरुवात गरेको छ । ओपनिङ ब्याटर अर्जुन साउद र ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गर्दै ५० रनको साझेदारी गरेका छन् ।
नेपालले ६.२ ओभरमा ५० रन पूरा गरेको हो । नेपालले ५० रन बनाउँदा ज्ञानेन्द्रले २५ र अर्जुनले २२ रन बनाएका छन् । ओडिएम्बोको ओभरमा यी दुईले १६ रन बटुलेका थिए । त्यही ओभरमा अर्जुनले आकर्षक छक्का पनि प्रहार गरे ।