Skip This
बुधबारसम्म सिट बाँडफाँटको विषय टुंगो लाग्छ : अध्यक्ष दाहाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १३ सोमबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बुधबारसम्म सिट बाँडफाँटको विषय टुंगो लाग्छ : अध्यक्ष दाहाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १७:३८:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको विषय बुधबारसम्म टुंगो लाग्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबन्डा हुने उल्लेख गरे। ‘आज मात्र प्रधानमन्त्री र कांग्रेसका नेताहरूसँग पनि मेरो कुरा भएको छ। हामी पर्सिसम्म संख्या टुंग्याउने प्रतिबद्धता छ। टुंग्याउने नजिक नजिक पुगेका छौँ,’ उनले भने।

दाहालले १५ भदौसम्म सिट बाँडफाँट सक्ने, २० सम्म कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निष्कर्ष निकाल्ने र २५ गतेसम्म पार्टीको उम्मेदवार टुंगो लगाइसक्ने दाबी गरे। उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० र प्रदेश सभामा १२० सिट दाबी गर्ने बताए। उनले भने, ‘हामीले प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिटभन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ।’

ad
ad
ad
ad