१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १३ सोमबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १२:१o:oo

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दीलगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधिसभाको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दीलगायतका विरोध कार्यक्रमले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’

यसअघि प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभुवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए । 

ad
ad
ad
ad