मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Monday, 16 December, 2024
२o७९ भदौ १२ आइतबार १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा सुरु भयो ट्राफिक व्यवस्थापन अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार १९:५४:oo

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना र ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वयमा ट्राफिक व्यवस्थापन अभियान सुरु भएको छ। दुईपांग्रे सवारीसाधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो। 

यस अभियानअन्तर्गत मुख्य सहरी क्षेत्रमा दुईपांग्रे सवारीचालकलाई सडकमै रोकेर एक हप्तासम्म अभिायनबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुईपांग्रे सवारीसाधनका कारण भएकाले ती सवारीचालकलाई ट्राफिक सचेतनाबारे जानकारी गराइँदै छ।