१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साग स्वर्णधारी सन्तोषी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४९:oo

 १३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठलाई प्रयास मञ्च नेपालले सम्मान गरेको छ । पूर्वधावक बुद्धवीर लामाको एघारौँ गीतिमय साँझका अवसरमा सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले १३औँ सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

यस्तै, धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेल रत्न सम्मान’ तथा ड्रुक अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो । यता, ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्वधाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्वधाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्वखेलाडी नरबहादुर थापा पनि सम्मानित भए । 

ad
ad