मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Saturday, 12 July, 2025
सिउल
२o७९ भदौ ११ शनिबार o९:३८:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

दक्षिण कोरियामा एकै दिन एक लाख कोभिड संक्रमित

Read Time : < 1 मिनेट
सिउल
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार o९:३८:oo

दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार एक सय ४० जना संक्रमित भेटिएका हुन्।

अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको संख्या घटेको देखिएको छ । योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या दुई करोड २८ लाख दुई हजार नौ सय ८५ पुगेको छ।

बिहीबार दिन एक लाख १३ हजार तीन सय ७१ जना संक्रमित भेटिएका थिए। अहिले संक्रमित अवस्थामै रहेकामध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन्।