पूर्वी पहाडी जिल्ला संखुवासभाको चिचिला गाउँपालिकाले छयाङकुटी–देउराली सडकखण्डभित्र ठूला सवारीसाधान चल्न नदिने भएको छ। चिचिला गाउँपालिकाले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै गाउँपालिका भित्रको दक्षिणी सिमाना छयाङकुटी डाँडादेखि उत्तरी सिमाना देउराली डाँडासम्मको सडकखण्डमा कुनै पनि ठूला सवारीसाधान चल्न नदिने जनाएको हो।
गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले शुक्रबार सुचना जारी गर्दै कोशील्हासा राजमार्ग अन्तर्गत छयाङकुटीेखि देउरालीसम्मको सडकको दायाँबायाँको ड्रेन अस्तब्यस्त, ठूला ढुवानी सवारीसाधानहरु बिग्रिएर सडकमा नै बस्दा साना सवारीसाधानहरु हिँड्नै नसक्ने समस्या देखिएकाले ठूला सवारीसाधान बन्द गरिएको सूचनामा उल्लेख छ।