१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ब्याडमिन्टन खेलका लागि ११ खेलाडी छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२७:oo

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया सुरु भएको छ ।  आगामी २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद  प्रतियोगिता हुँदै छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा ब्याडमिन्टनका ११ जना खेलाडी छनोट भएका छन् । कास्कीमा प्रतियोगितालाई लक्षित गरी हाल विभिन्न खेलका लागि छनोट प्रक्रिया जारी छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिले जिल्लाबाट ब्याडमिन्टनका लागि सात पुरुष र चार महिला गरी ११ खेलाडी छनोट गरेको हाे । छनोट भएका खेलाडीमा पुरुषतर्फ भूगोल गुरुङ, विधान अधिकारी, विशाल खड्का, शशांक अधिकारी, ईशान खड्का, शम्भुकुमार श्रेष्ठ र यासिक्सन गुरुङ रहेका छन् । छनोट भएका खेलाडीमध्ये भूगोल र विधान ब्याडमिन्टनका राष्ट्रिय खेलाडीसमेत हुन् । 

यसैगरी, महिलातर्फ यमकुमारी गुरुङ, आकृति केसी, आयुश्मा  नेपाल र शीतल केसी रहेका छन् । राष्ट्रिय खेलाडी यमकुमारी वरीयतामा आठाैँ स्थानमा रहेकी छिन् । कास्की जिल्ला खेलकुद विकास समितिकी सदस्य मनीषा गुभाजू, कास्की जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष विशाल खड्का, अफिसियलहरू वाइल्डकार्डधारी ज्ञानेन्द्र भण्डारी, वीरबहादुर आले, इच्छा गुरुङ र रविचन्द्र होनासहितको छनाेट समितिले खेलाडी छनोट गरेको हो । 

 

 

 

ad
ad