मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ८ बुधबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिले १५ भदौमा जबराको बयान लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १६:५६:oo

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने भएको छ।

सिंहदरबारस्थित कानुन समितिको सभाहलमा बुधबार बसेको समितिको बैठकले १५ भदौमा बिहान ११ बजे निलम्बित प्रधानन्यायाधीशलाई बयानका लागि बोलाउने निर्णय गरेको हो।

त्यसैगरी, बैठकले १८ वा १९ गतेभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने गरी कार्यतालिका पारित गरेको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए। त्यसअघि भदौ ९ देखि १२ सम्म प्रमाण संकलन गरी अध्ययन गर्ने विष्टले बताए।