१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ ८ बुधबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन्यजन्तुले मकै खाएपछि कालिखोलाका बासिन्दा रातभर बारीमा

Read Time : < 1 मिनेट
२०७९ भदौ ८ बुधबार १२:१०:००

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– १ कालिखोलामा वन्यजन्तुले पाक्न लागेको मकै खानुका साथै नष्ट गरेपछि स्थानीय  रातभर बारीमा जाग्राम बस्न थालेका छन् । पाक्न लागेको मकै जोगाउन त्यहाँका स्थानीय अहिले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मकै रुँग्न बारीमै हुन्छन् । एकचोटिमा पाँचदेखि १५ वटा बँदेलको हुल पसेर मकैबारी सखाप पारेपछि  रातभरि जागा बस्नुपरेको स्थानीय रत्न बानियाँले जानकारी बताए । 


 कृषक टइन्द्र चापागाईंको मुख्य बाली नै मकै हो । त्यो पनि सखाप भएपछि परिवार केले पाल्ने भन्ने चिन्ताले उनलाई सताउन थालेको छ ।  कालिखोलाका चावखोला, बुर्केलगायतका गाउँमा अहिले सबै वन्यजन्तु पसेर सखाप गरेको चापागाईंले बताए । ‘यसअघि पनि मृग र दुम्सी आउँथ्यो, तर यतिसाह्राे असर गरेको थिएन । बँदेलले त एकै रातमा एक  गह्रो सिध्याउँछ,’ चापागाईंले भने  ।