१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एकता संयोजन समिति १० सदस्यीय बन्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

एकताको गृहकार्य गरेका माओवादी र एकीकृत समाजवादीले १० सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने भएका छन् । दुवै पार्टीबाट पाँच–पाँच सदस्य रहने गरी समिति बनाउने शीर्ष तहमा सहमति भएको छ । 

समितिमा माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन समितिमा सदस्य रहने सम्भावना छ । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. गंगालाल तुलाधर समितिमा रहने सम्भावना छ । 

तर, माओवादी उपाध्यक्ष श्रेष्ठले संख्या र नाम टुंगो लाग्न बाँकी रहेको बताए । समितिले सुरुमा एकताको आवश्यकता र औचित्यबारे अवधारणापत्र सार्वजनिक गर्नेछ । लगत्तै समितिले निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिनेछ । 

ad
ad