१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार २o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५७:oo

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप गिरिकाे स्वास्थ्य अवस्था स्थिर रहेको छ । कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले शनिबार एक वक्तव्य जारी गर्दै चिन्तक गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य माननीय प्रदीप गिरिको स्वास्थ्य उपचार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भइरहेको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा खटिएका चिकित्सकहरू र परिवारबाट जानकारी प्राप्त भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ ।’ 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा डा पंकज वर्मनसहितको चिकित्सकको टोलीले गिरिको उपचार गरिरहेको छ। झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

No description available.

ad
ad