१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Friday, 09 May, 2025
२o७९ भदौ ४ शनिबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूमिहीनका लागि आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार १३:४१:oo

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो। 
 
राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार बैतडीका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई आवेदन दिन भनिएको छ।

मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुनर्या गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो। पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ। डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ।

नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत संकलनमार्फत आवदेन संकलन गरिनेछ। उनले भने राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौँ। यकिन तथ्यांक संकलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं।

आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ। योसँगै बैतडीका छसहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो। रासस