१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तुलसीपुर उपमहानगर : उपमेयरले बोलाएको सर्वदलीय बैठक मेयरले गरे स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:४६:oo

दाङको तुलसीपुर उपमहानगरपालिका– १२ स्थित टरिगाउँ एयरपोर्टलाई स्तरवृद्धिका लागि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले छलफलका लागि सर्वदलीय बैठक बोलाइन् । बैठकले एयरपोर्ट स्तरवृद्धिका लागि  समिति गठन गर्नेसमेत तयारी थियो । उपमहानगरपालिकाको बैठक शाखालाई उपमेयर चौधरीले निर्देशन गरेपछि बैठकका लागि सबै क्षेत्रलाई खबर गरिएको थियो।  तर, तत्काल बैठक तत्काल रोकियो।

भदौ  १ गतेका लागि बोलाइएको त्यो बैठक स्थगित भएको जानकारी वडाका जनप्रतिनिधिले पाएनन् । त्यसपछि उनीहरू दिउँसो ३ बजे भनी तोकिएको समयमै पुगे । तर, त्यहाँ आएपछि मात्रै बैठक स्थगित भएको जानकारी पाएपछि फर्किएका थिए । स्रोतका अनुसार उपमेयरले एकलौटी गर्न खोजेको भन्दै मेयरको निर्देशनपछि  बैठक स्थगित गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेबाट निर्वाचित भएका हुन्। केही दिनअघि मात्रै तुलसीपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले टरिगाउँ एयरपोर्ट कांग्रेस सरकारको पालामा भएको सर्वेक्षणले स्तरवृद्धि गर्न सम्भव नभएको प्रतिवेदन सार्वजनिक गरेकाले यदि विस्तार सम्भव नभए विकल्प खोज्नुपर्ने बताएका थिए।

यसअघिका उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि टरिगाउँ एयरपोर्टलाई सिकाइ केन्द्र बनाउनुपर्ने भनी नीति तथा कार्यक्रममै समावेश गरेका थिए । टरिगाउँमा अन्तर्राष्ट्रियस्तरको पाइलट सिकाइ केन्द्र बनाउने कुरामा उनको जोड थियो । तर, उपप्रमुख स्यानी चौधरीले जसरी पनि एयरपोर्ट बन्नुपर्ने भन्दै कसैको दबाब प्रभावमा नपर्ने बताइन् । चौधरी मेयरकै कारण त्यो बैठक रोकिएको स्वीकार गर्छिन् । ‘मेयर काठमाडौं जानु छ भनेर बैठक स्थगित गर्न लगाउनुभएको भन्ने कुरा आएको छ,’ उनले भनिन्, ‘तर, उहाँ काठमाडौं जाने कुनै कार्यक्रम पनि रहेनछ ।’ 

जनताको कामकै लागि आफूले यो पहलकदमी लिएको भन्दै कसैले रोक्दैमा नरोकिनेसमेत उनको भनाइ छ । ‘बैठक रोकिएपछि मलाई ठूलो पिर लागेको छ,’ उनले भनिन्, ‘तर, यो मेरा लागि मात्रै होइन, जनताका लागि हो, यहाँको एयरपोर्ट बन्दा जनतालाई फाइदा हुन्छ, त्यसैले कसैले रोक्दैमा रोकिँदैन, म मेयरसँग कुरा गरेर पुनः तत्काल बैठक बोलाउन भन्छु ।’ 

एयरपोर्ट विस्तार नहुँदा यहाँका जनताले धेरै दुःख पाएको भन्दै आफूले जिम्मेवारी पाएमा ६ महिनामा एयरपोर्ट विस्तार गरेर देखाउने बताइन् । ‘पैसा नभए पनि काम गर्न सकिन्छ, एयरपोर्ट जनतालाई चाहिने हो, दुःख–बिरामी हुँदा ५–६ लाख रुपैयाँ हेलिकाेप्टरलाई तिरेर जानुपर्छ,’ उनले भनिन्, ‘त्यसैले हामीले पहल लगेमा जनता पनि श्रमदान गर्न तयार हुन्छन्, मैले जिम्मा पाए ६ महिनामा एयरपोर्ट स्तरवृद्धि गरेर देखाउँछु ।’ एयरपोर्ट विस्तारका लागि ६ करोड भए पुग्ने उनको भनाइ छ । 

तर, नगरप्रमुख खड्काले उपमहानगरपालिकाले मात्रै चाहेर केही बन्न नसक्ने बताए । ‘हामीले बैठक बोलाएर हुने के हो र ?’ उनले भने, ‘हाम्रोतर्फबाट गर्ने काम गरिरहेका छौँ । काठमाडौं गएर मन्त्रीलाई भेट्यौँ, बजेट थप्न भनेका छौँ, केन्द्रबाट बजेट नआउँदासम्म हामीले केही पनि गर्नै सक्ने अवस्था छैन ।’ बैठक बसाल्ने सन्दर्भमा मेयरसँग समन्वय भने हुनुपर्ने उनको भनाइ थियो ।

टरिगाउँ एयरपोर्टकाे विषय थप पेचिलो बन्दै गएको छ । उपमहानगरपालिकाका उपप्रमुखले बोलाएको बैठक तत्काल स्थगित हुनु र पटक–पटक केन्द्रीय नेतृत्वले एयरपोर्टका विषयमा दिने अभिव्यक्तिले यहाँका नागरिक सशंकित बन्ने गरेका छन् 
 

ad
ad