Skip This
कसलाई कस्तो लुक्स सुहाउँछ ? सुनीतालाई सारी, अनमोललाई दाह्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १ बुधबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कसलाई कस्तो लुक्स सुहाउँछ ? सुनीतालाई सारी, अनमोललाई दाह्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार ११:४५:oo

फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारको सुझाव

प्रशान्त ताम्राकार फेसन कोरियोग्राफर हुन् । कलाकारितामा समेत जमेका प्रशान्त पहिरनमा नयाँ–नयाँ प्रयोग र सिर्जना गर्न रुचाउँछन् । ताम्राकारको नजरमा कुन सेलेब्रिटीलाई कस्तो लुक्स सुहाउँछ त ?

बालेन्द्र साह बालेन 
बालेन्द्र साहजीको लुक्स मेयर भएपछि केही परिवर्तन भएको देख्छु । दौरा–सुरुवाल, टोपी लगाउन थाल्नुभएको छ । उहाँको ओहदाअनुसार यो लुक्स म्याच पनि गरेको छ । 

सुनीता डंगोल  
मोडलिङ फिल्डबाट राजनीतिमा आएपछि उहाँको पहिरन पनि परिवर्तन भएको छ । सारीमै उहाँको व्यक्तित्व खुलेको छ । नेपालीपन झल्कने पोसाकलाई नै निरन्तरता दिन सुझाव दिन्छु ।  

रवि लामिछाने 
रवि लामिछानेजीलाई सर्ट, पाइन्ट र कोटमा राम्रो देखिन्छ । अर्थात्, अहिलेकै पहिरनलाई क्यारी गर्दा राम्रो छ । तर, उहाँलाई ब्राइट कलरको कपडा अझै धेरै सुहाउँछ ।

अनमोल केसी 
अनमोलले उसलाई सुहाउँदो पहिरन नै गरिरहेको हुन्छ । हल्का दाह्री राख्दा फरक लुक्स आउँछ भन्ने मलाई लाग्छ  । क्याजुअल पोसाकमा स्मार्ट देखिन्छ । 

नम्रता श्रेष्ठ 
नम्रता स्थापित अभिनेत्री हुन् । अभिनयसँगै फेसन र स्टाइलमा पनि उनले निकै ध्यान दिन्छिन् । उनको आफ्नै खालको व्यक्तित्व छ । त्यसैले कुनै पार्टिकुलर कपडा लगाउनुपर्छ भन्ने छैन, सबै सुहाउँछ । सारीमा अझ राम्री देखिन्छिन् । 

साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी फेसन कन्सियस अभिनेत्री हुन् । उनलाई पश्चिमा डिजाइनका कपडा धेरै सुहाउँछ भन्ने लाग्छ । उनी अधिकांश चलचित्रमा ग्ल्यामरस देखिएकी छन् । उनको स्टाइलिस रूपलाई दर्शकले मन पराएका छन् । त्यसैलाई क्यारी गर्दा हुन्छ । 

पारस खड्का 
खेलाडीका रूपमा पारसको छवि उँचो छ । त्यसैले उनलाई स्पोर्टस् वेयरमै राम्रो देखिन्छ, अरू कपडा सुहाउँदैन भन्ने होइन । 

ad
ad
ad
ad