राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेपछि मधेसकेन्द्रित दलले सोमबार जनकपुरधाममा छुट्टाछुट्टै विरोध प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकतासम्बन्धी विधेयक फिर्ताको विरोध गर्दै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन् ।