मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ तलबमान लागू, प्रहरीमा कसको तलब कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १५:०२:००

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो । 

नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ । 

अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ । 

गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए । 
नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ ।