१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसदको दाबी– यो सरकार निर्वाचनपछि कमण्डलु लिएर बनारस जान्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १३:४३:oo

एमाले सांसद मायादेवी न्यौपानेले अहिलेको सरकार निर्वाचनपछि कमण्डलु लिएर वनारस जाने टिप्पणी गरेकी छिन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।

जनताको मागअनुरूप यो सरकारले केही दिन नसकेको आरोप लगाउँदै उनले सरकारको नाम ‘छैनबहादुर’, ‘दिन्नबहादुर’ र ‘सक्दिनबहादुर’ राख्नुपर्ने भन्दै उनले कटाक्ष गरिन्। 

‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताब दिन सक्दैन। किसानलाई मल, बिउ र सिँचाइ दिन सक्दैन। व्यवसायीलाई कच्चा पद्धार्थ दिन सक्दैन, उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ। यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ! यो सरकार मंसिर ४ गते हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्। दिल्लीतिर जाओस्। नेकपा एमालेका केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ,’ उनले भनिन्।