मधेस प्रदेश सभाको चालू नवौँ अधिवेशन गए रातिदेखि अन्त्य भएको छ। मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले गए राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेकाे प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेश सभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए।