मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार १४:१२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका छन्।

मुलुकभित्र रहेको शैक्षिक बेरोजगारी अन्त्य गर्न आवश्यक देखिएको भन्दै उनले युवाकेन्द्रित गतिविधिहरूको कार्ययोजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए। ‘युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा जीविकोपार्जन गर्न सक्ने बनाउन खाँचो रहेको छ। त्यसका लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरणलगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ,’ उनले भने।

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागी गराउन आवश्यक रहेको बताउँदै युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रूपमा दिनुपर्ने बताए।