राजनीतिक चिन्तक, कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा सुधार देखिएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज विज्ञप्ति जारी गरी गिरिको अवस्थामा सुधार देखिएको जनाएका हुन् ।
प्रतिनिधिसभाका सांसद रहेका गिरि केही दिनदेखि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
सचेतक विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आउन साथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’
घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए ।