मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २६ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २६ बिहीबार o८:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युनाइटेडविरुद्ध सावित्राको पाँच गोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २६ बिहीबार o८:५३:oo

नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको केरेला महिला लिग फुटबल प्रतियोगितामा केरला युनाइटेड एएफसीविरुद्ध पाँच गोल गरेकी छिन् । सावित्राकै उत्कृष्ट प्रदर्शनको मद्दतमा गोकुलमले मंगलबार करेला युनाइटेडलाई ११–० ले हराएको छ । खेलमा सावित्राले दुई गोलका लागि असिस्ट गरेकी थिइन् । 

उत्कृष्ट फर्ममा देखिएकी सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् । उनले खेलको २७औँ मिनेटमै आफ्नो ह्याट्रिक पूरा गरिन् । गोकुलमले मध्यान्तरअघि ६–० को अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा सावित्राले पहिलो व्यक्तिगत गोल गरिन् । उनले छैटौँ मिनेटमा दोस्रो गोल गर्न सफल भइन् । उनले खेलको ३५औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्न सफल भइन् । ५६औँ मिनेटमा उनले व्यक्तिगत पाँचौँ गोल थपिन् । 

गोकुलम महिला आई लिग च्याम्पियन पनि हो । दुई वर्षअघि गोकुलमबाट खेल्दै सावित्राले टोलीलाई आई लिग च्याम्पियन बनाएकी थिइन् । दुई वर्षअघिको संस्करणमा उनले १६ गोल गरेकी थिइन् ।