१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पत्नीको सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५४:oo

दोलखाका समाजसेवी वरिष्ठ इन्जिनियर आत्मकृष्ण श्रेष्ठले पत्नीकोे सम्झनामा सामुदायिक क्याम्पसमा पुस्तकालय निर्माण गरेका छन् । श्रेष्ठले चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन् ।

रुपा स्मृति फाउन्डेसन नामको संस्थामार्फत जिल्लाकै जेठो सामुदायिक क्याम्पस गौरीशंकरमा पुस्तकालय निर्माण गरिएको फाउन्डेसनका अध्यक्षसमेत रहेका समाजसेवी श्रेष्ठले बताए । सोमबार फाउन्डेसनका अध्यक्ष श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरलाई पुस्तकालय हस्तान्तरण गरेका छन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रुपा श्रेष्ठको ७६ वर्षको उमेरमा क्यान्सरका कारण गत १० फागुनमा काठमाडौंमा निधन भएको थियो ।   

पुस्तकालयको उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले स्वर्गीय श्रेष्ठको परिवारले दोलखाको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा महŒवपूर्ण योगदान गरेको बताए । उनले जिल्लाकै जेठो क्याम्पसमा पुस्तकालय स्थापना गरी सहयोग गरेकोमा श्रेष्ठ परिवारप्रति आभार व्यक्त गरे । उनले पुस्तकालयसहित क्याम्पसको थप व्यवस्थापनमा नगरले आवश्यक सहयोग गर्नेसमेत जनाएका छन् ।  

गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले सो पुस्तकालय भवन निर्माणका लागि फाउन्डेसनले २५ लाख रकम सहयोग गरेको जानकारी दिए । केसीका अनुसार फाउन्डेसनले गत चैतमा निर्माण सुरु गरेको भवन जेठ मसान्तमा सम्पन्न गरेको थियो । पुस्तकालयमा करिब २६ हजार पुस्तक छन् । पुस्तकालयमा विषयगत, साहित्यिक र समय सान्दर्भिक पुस्तक छन् । 

ई–लाइब्रेरी सञ्चालन गर्ने तयारी 
गौरीशंकर क्याम्पसले फाउन्डेसनको सहयोगमा निर्माण सम्पन्न भएको भवनबाटै ई–लाइब्रेरीसमेत सञ्चालन गर्ने तयारी गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धरले केन्द्रीय पुस्तकालय कीर्तिपुरसँग समन्वय गरी ई–लाइब्रेरी सञ्चालन गर्ने तयारी गरिएको बताए ।   

ad
ad