मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Wednesday, 09 July, 2025
२o७९ श्रावण २४ मंगलबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्ला जिल्लाकै कान्छाे माविका विद्यार्थी चाैरमा पढ्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार १६:oo:oo

हुम्ला जिल्लाकाे कान्छाे माध्यमिक विद्यालयकाे भाैतिक संरचना अभावमा विद्यार्थीहरू खुल्ला चाैर र भुइँमै बसेर अध्ययन गर्दै आएका छन्। ०७५ सालमा स्थापना गरिएकाे जनप्रकाश माध्यमिक विद्यालयकाे भाैतिक संरचना अभावले विद्यार्थी खुला चाैरमा बसेर अध्ययन गर्दै आएका हुन्।

विद्यालयका पर्याप्त भाैतिक संरचना नहुँदा समस्या भएकाे जनप्रकाश माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक बिर्खबहादुर खड्काले जानकारी दिए। तीन सय ८० जना विद्यार्थी अध्ययनरत जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी भाैतिक संरचना र डेक्स–बेन्चको अभावमा खुला चाैरमा अध्ययन गर्दै आएकाे खड्काकाे भनाइ छ।

गाउँलेले चन्दा उठाएर याे विद्यालय सञ्चालन गरेकाे अर्का शिक्षक तेजबहादुर दानीले बताए। ‘तीन मावि, तीन निमावि तहमा ६ वटा दरबन्दी गाउँपालिकाको  निजी स्राेतबाट राखिएकाे छ । भवनहरू नहुँदा कम्प्युटर  प्रयाेग गर्न सकेका छैनाैँ, विज्ञानकाे प्रयाेगशाला व्यवस्थासमेत छैन,’ शिक्षक दानीकाे भनाइ छ।

०५१ सालमा प्रावि, ०६३ साल निमावि र ०७५ सालमा माध्यमिक विद्यालय सञ्चालन भएकाे शिक्षक दानीकाे भनाइ रहेकाे छ।