१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २३ सोमबार २१:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानबाट हुन्डीको कारोबार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार २१:१७:oo

जापानबाट नेपालमा हुन्डीको कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चारजनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको छ । ६९ लाख ९९ हजार रुपैयाँ बिगो दाबी गरी विभागले जिल्ला अदालत काठमाडौैंमा मुद्दा दायर गरेको हो । बालाजुस्थित शिव सर्भिस एन्ड मल्टिपर्पोज प्रालिका सञ्चालक फणिन्द्रप्रसाद ढुंगाना, म्हैपीस्थित सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डे, बालाजुका नवराज ढुंगाना र जापान बस्ने प्रज्वल ढुंगानाविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

प्रहरीले गत २४ माघमा नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजारसहित बालाजुबाट पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि प्रहरीले पैसासहित उनलाई राजस्व अनुसन्धान विभागमा पठाएको थियो । विभागले हुन्डी कारोबारको पुष्टि भएको दाबी गरी मुद्दा दायर गरेको हो । सो रकम जापान बस्ने प्रज्वलले पठाएको विभागले जनाएको छ ।