राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार आयोजित कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
शाहीको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता मोहन श्रेष्ठलगायत उपस्थित थिए । अध्यक्ष राजेन्द्र लिङ्देन भने कार्यक्रममा सहभागी भएनन् ।