१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २२ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २२ आइतबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानमा रहेका नेपालीमाझ प्रचण्डले भने – स्वदेश फर्किनुस् भन्ने दिन आइसकेको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २२ आइतबार १७:५७:oo

माओवादी अध्यक्ष प्रचण्डले विदेशमा पसिना बगाइरहेका नेपालीलाई स्वदेश फर्किनुस् भन्ने दिन नआइसकेको बताएका छन् । जापानको टोकियोमा नेपाल जनप्रगतिशील संघले आज गरेको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रियामा प्रचण्डले यस्तो बताएका हुन् । 
‘म तपाईंहरूलाई अब नेपाल फर्किनुस् भनेर अझै भन्ने वाला छैन,’ उनले भने, ‘आउँदो निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने विकास तथा स्थायित्वको मोडालिटी बन्यो भने एउटा बलियो राजनीतिक केन्द्र बनिसक्यो भन्ने हैसियत बनाएर पुनः जापान आउनेछु र नेपालको विकास यात्रामा अब सम्पूर्ण तागत लगाउनुपर्यो, स्वदेश फर्कनुपर्यो भन्नेछु । तर, अहिले त्यो वेला भइसकेको छैन ।’