Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १०:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सोफियाको  ‘आवाज’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १०:०६:००

गायिका सोफिया थापाले ‘आवाज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । महिला अधिकारको वकालतलाई बल पुग्ने गरी उक्त गीत सार्वजनिक गरेको उनले बताएकी छिन् । 

महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै महसुस नगरेसम्म परिस्थिति नबदलिने सन्देश उनको गीतले दिएको छ ।

‘तीज नजिकिँदै गर्दा यो गीत रिलिज गरेको छु । महिलाले स्वतन्त्रतापूर्वक चाडपर्व मनाउन पनि यथार्थतालाई बदल्न सक्नुपर्छ । म आफ्ना गीतबाट महिलामुक्तिका लागि सधैँ संघर्ष गरिरहेको छु,’ उनले भनिन् । गीतमा हरि लम्सालको संगीत र कवि तथा गीतकार रमेश क्षितिजको शब्द छ ।