१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक वर्षमा नवलपुरमा थपिए एक हजार बढी नयाँ उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२o:oo

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्व (नवलपुर)का प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् । गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठवटा लघु उद्योग, चारवटा घरेलु उद्योग र एक हजार ३८ वटा साना उद्योग रहेको छन् ।

जिल्लामा थपिएका उद्योगहमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको कार्यालय प्रमुख खनालले बताए । यसबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम बढेको छ । ‘नवलपुरमा उद्योगहरू थपिने क्रम तीव्र छ, कोभिडको अवस्थामा केही कम उद्योग दर्ता भएको भए पनि अहिले फेरि नयाँ उद्योग थपिने क्रम धेरै रहेको छ,’ उनले भने, ‘थपिएकामध्ये कृषि, वन पैदावार, सेवामूलक र पर्यटनसँग सम्बन्धित धेरै रहेका छन् ।’

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योग मात्रै ६३८ वटा रहेका छन् । यसबाहेक २६५ वटा सेवामूलक, ८२ वटा उत्पादन मूलक , ६४ वटा पर्यटन उद्योग ६४ र ऊर्जामूलक उद्योग एक गरी सो संख्यामा नयाँ उद्योग थपिएको बताए । ‘कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र, नारायणी तटीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटनको सम्भावना भएकाले पनि यस प्रकृतिका उद्योग धेरै खुल्ने गरेका छन् । यति मात्रै होइन, राज्यले कृषि तथा पशुपालनमा दिने अनुदानले युवाहरूको आकर्षणसमेत यस्तो भएको हुन सक्छ,’ प्रमुख खनालले भने । 

पूर्वपश्चिम राजमार्गको मध्यभाग, भारतीय सीमाबाट नजिक भएकाले पछिल्लो समय उत्पादनमूलक उद्योगसमेत नवलपुरमा आकर्षित हुन थालेका छन् । देशकै मध्यभागमा रहेको जिल्ला भएकाले यहाँबाट उत्पादन गरिएका सामाग्री सहजै अन्य ठाउँमा लैजान सकिने हुँदासमेत नवलपुरमा उत्पादनमूलक उद्योगको आकर्षण बढ्दो रहेको छ ।

गत आर्थिक वर्षमा एक हजार ५० उद्योग थपिएसँगै नवलपुरमा उद्योगको संख्या ६३०९ पुगेको छ । जसमध्ये १७ वटा लघु उद्योग, २४ वटा घरेलु उद्योग र ६ हजार २६८ वटा साना उद्योग रहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा रहेका उद्योग मध्य ६०८६ प्राइभेट फार्म, ११३ साझेदारी फार्म र ११० वटा उद्योग प्रालि कम्पनी अन्तर्गत स्थापना भएका छन् ।

वाणिज्यतर्फ नवलपुरमा गत आर्थिक वर्षमा जम्मा एक हजार एक सय ५८ वटा व्यवसाय थप भएका छन् । गत आर्थिक वर्षमा थपिएको संख्यासहित वाणिज्यतर्फ कुल आठ हजार तीन सय १६ व्यवसाय रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरले जनाएको छ । 

ad
ad