Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १०:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मतदाता नामावली स्थगित, दल दर्ता प्रक्रिया तत्कालै थालिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार १०:२६:००

निर्वाचन आयोगले शुक्रबारबाट मतदाता नामावली संकलन स्थगित हुने बताएको छ । तर, अनलाइन आवेदन दिएकाको हकमा भने औँठा छाप र फोटो खिच्न २१ साउनसम्म औँठा छाप र फोटो लिने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले तत्कालै दल दर्ता, मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन हुने बताए । 

आयोगले निर्वाचन कार्यतालिका र कार्यक्रम स्वीकृत गर्ने, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापना गर्ने, निर्वाचनका लागि आवश्यक जनशक्तिको विवरण संकलन र आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने जानकारी दिएको छ । 

यस्तै, निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आह्वान गर्ने प्रक्रिया प्रारम्भ गर्ने र निर्वाचन प्रयोजनका लागि आवश्यक विभिन्न निर्देशिका, कार्यविधि तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ ।

आगामी प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र मतदाताको संख्यामा भएको वृद्धिलगायतका कारण करिब १० अर्ब खर्च हुने आयोगको अनुमान छ ।