मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी सुरक्षा : प्रहरीलाई सञ्चारसेटदेखि हतियारसम्म अभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २० शुक्रबार ०९:४३:००

निर्वाचनका लागि प्रहरीलाई सञ्चारसेट, सवारीसाधनदेखि हतियारसम्मको अभाव छ । गत वैशाखको स्थानीय तह निर्वाचनमा प्रहरीले अभावकै बीच काम गरेको थियो । 

स्थानीय निर्वाचनमा सरकारले स्रोत–साधन पर्याप्त नदिएपछि प्रहरीले पुराना सञ्चारसेट मर्मत गरेर काम चलायो भने हतियार नेपाली सेनासँग सापट लिएको थियो । गाडी भाडामा लिएर प्रहरीले जनशक्ति परिचालन गरेको थियो । कतिपय ठाउँमा जनशक्ति पर्याप्त नहुँदा निर्वाचन नै रद्द भएका थिए । संघ  र प्रदेशको निर्वाचनमा सरकारले स्रोत–साधन पर्याप्त उपलब्ध गराउने अपेक्षा प्रहरीको छ ।

बिहीबार निर्वाचन घोषणा गरेसँगै प्रहरीले तयारी थालिसकेको छ । स्रोत–साधन र जनशक्ति पर्याप्त हुँदा एकै चरणमा निर्वाचन गराउँदा सुरक्षा व्यवस्था अझै राम्रो हुने प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए । उनका अनुसार म्यादी प्रहरीको संख्या एक लाखभन्दा धेरै चाहिन्छ ।

वैशाखको निर्वाचनमा प्रहरीले एक लाख १८ हजार म्यादी मागेकोमा एक लाखका लागि मात्र बजेट विनियोजन भएको थियो । सञ्चारसेट, गाडी तथा हातहतियारलगायतका सामानको पनि अभाव रहेको प्रवक्ता राईले बताए । ‘भएका कतिपय गाडी पनि थोत्रा छन्, ठेलेर चलाउनुपर्ने अवस्था छ,’ उनले भने ।