मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण १९ बिहीबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३५ वर्षीय काफ्लेलाई सिडिओले दिए गाडीमै नागरिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १८:o५:oo

गुल्मीको मुसिकोट नगरपालिका–७ का ३५ वर्षीय राजन काफ्लेलाई गाडीमै नागरिकता प्रदान गरिएको छ। उनलाई प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले गाडीमै पुगेर नागरिकता प्रदान गरेका हुन्। 

काफ्ले जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन्। उनले अरूको साहाराबिना केही गर्न सक्ने उपाय छैनन्। शारीरिक तथा मानसिक समस्याको कारण लामो समयसम्म नागरिकताबाट वञ्चित भए। भारतमै जन्मिए त्योसँगै पूर्ण अपांगता पनि भए। जसका कारण समयमै नागरिकता बनाउन नसकिएको बुबा पीताम्बर काफ्लेले बताए। 

‘कहिलेकाहीँ नेपाल आउँदा एकजनाले भारतमा छोरा कुर्नुपर्ने स्थिति थियो। पूर्ण अपांग भएका कहीँकतै लैजान सहज छैन,’ उनले भने, ‘अहिले जागिर सकिएर नेपाल फर्किएकाले नागरिकता बनाउन आएका हौँ।’ 

काफ्ले आफू ४३ वर्षदेखि भारतमा काम गर्दै आएका थिए। सिडिओले नझरीकनै गाडीमा पुगेर एक्कैछिनमा नागरिकता दिएपछि काफ्ले परिवार निकै खुसी भए। राजन नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भए।