Skip This
श्री एयरलाइन्सको जहाज नेपालगन्जमा आकस्मिक अवतरण  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका नेपालगञ्ज
२o७९ श्रावण १९ बिहीबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्री एयरलाइन्सको जहाज नेपालगन्जमा आकस्मिक अवतरण  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगञ्ज
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार ११:३९:oo

नेपालगन्ज विमानस्थलमा आज श्री एयरलाइन्सको जहाज आकस्मिक रूपमा अवतरण भएको छ । जहाजमा धुवाँ देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एयरलाइन्स, नेपालगन्ज स्टेसन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए ।
     
उनका अनुसार नेपालगन्जबाट काठमाडौंतर्फ जान लागेको ९ एन– एएनएफ ४३२ नम्बरको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौंबाट इन्जिनियरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ,’ चौधरीले भने ।  
     
विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक जाँच सुरु भएको बताइएको छ ।