नेपालगन्ज विमानस्थलमा आज श्री एयरलाइन्सको जहाज आकस्मिक रूपमा अवतरण भएको छ । जहाजमा धुवाँ देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एयरलाइन्स, नेपालगन्ज स्टेसन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए ।
उनका अनुसार नेपालगन्जबाट काठमाडौंतर्फ जान लागेको ९ एन– एएनएफ ४३२ नम्बरको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको प्रमुख चौधरीले बताए । ‘काठमाठौंबाट इन्जिनियरको टोली आएर त्यसको विस्तृत अनुसन्धानपछि कारण पत्ता लाग्न सक्छ,’ चौधरीले भने ।
विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक जाँच सुरु भएको बताइएको छ ।
श्री एयरलाइन्सको जहाज नेपालगन्जमा आकस्मिक अवतरण
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
काठमाडौं/ नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का …
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…