सेयर बजारमा सामान्य करेक्सन

शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

सेयर बजारमा सामान्य करेक्सन आएको छ। मंगलबार नेप्से परिसूचक २.७६ अंकले घटेर दुई हजार एक सय ९३.४८ बिन्दुमा आइपुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स सामान्य अंकले घटेर चार सय २१.१३ बिन्दुमा पुगेको छ।

बजारमा तीव्र उत्तारचढाब आइरहेको छ। लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्। लगानीकर्ताहरू बजारको स्थिरता खोजिरहेका देखिन्छन्। बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणहरू सार्वजनिक भइरहेको छ भने लाभांश घोषणाको पर्खाइमा लगानीकर्ता  देखिएका हुन्।

सामान्य अंकले घटेको बजारमा तीनवटा कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, सामलिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको हो। त्यसैगरी, रिभर फल्स पावर, फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सात प्रतिशतभन्दा बढीले बढेको छ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १७ कम्पनीको ७८ करोड १३ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन करोड २९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको  छ। सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको २९ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको हो। त्यसैगरी हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्स र युनाइडेट इदीमर्दी आरबी हाइड्रोपावर कम्पनीको सात करोड रुपैयाँदेखि नौ करोड ९५ लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

सामान्य घटेको बजारमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, गुडविल फाइनान्सको ऋणपत्र, किसान लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था र सपाेर्ट माइक्रो फाइनान्सको तीन प्रतिशतदेखि ४.२४ प्रतिशतले घटेका छन्।

सुझावित समाचार