१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Sunday, 06 July, 2025
२o७९ श्रावण १६ सोमबार १४:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकामा इन्धन कारोबारमा क्युआर कोड लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १४:४९:oo

श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू गरिएको हो।

क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरूले जनाएका छन्। देशभरिका सबै पेट्रोल पम्पहरूमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यसबारेमा जानकारी गराइएको ऊर्जामन्त्री कञ्चना बिजेसेकेराले बताए।

उनले इन्धन लिनका लागि पेट्रोल पम्पहरूमा भिडभाड नगर्न पनि उपभोक्ताहरूलाई अनुरोध गरेका छन्। सरकारले उपभोक्ताको चापका आधारमा हरेक पेट्रोलपम्पलाई इन्धनको कोटा निर्धारण गरेर कोटाअनुसारको इन्धन उपलब्ध गराएको छ। रासस/एएनआई