१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ११:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायालयको नजिर : उच्च अदालत विराटनगरद्वारा कोरोना बिमा दाबी भुक्तानी गर्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १३ शुक्रबार ११:२४:००

उच्च अदालत विराटनगरले कोरोना बिमा दाबी भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीको नाममा परमादेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै २१ भदौ ०७८ मा रिट दायर गरेको थियो ।

त्यसको पक्षमा गत जेठमा अदालतले परमादेश जारी गरेको थियो । बिमा रकम नपाएका ३१ पत्रकारको हकमा यस्तो फैसला भएको थियो । महामारीको पहिलो लहरमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बिमा गरिएको थियो । त्यसमध्ये ५१ बिमित पत्रकार संक्रमित भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । ३१ जनाले भुक्तानी पाउन बाँकी छ ।

यो पनि पढ्नुहोस्- कोरोना बिमामा ठगिए नागरिक : एक लाख १२ हजार बिमितको १० अर्ब ५२ करोड भुक्तानी बाँकी