पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय समितिले आज (शुक्रबार) सभामुखलाई प्रतिवेदन बुझाउँदै छ । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरिएको भन्दै संसदले छानबिन समिति गठन गरेको थियो ।
समितिले पूर्वअर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालयका अधिकारीसँग जाँचबुझ, सिसिटिभी फुटेजको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो । गत असार २२ गते संसद्ले ११ सदस्यीय विशेष समिति गठनको घोषणा गरेको थियो । संसदीय विशेष छानबिन समिति गठन गरिएसँगै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।