१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे तीन लाख घुस लिएको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २१:३८:००

सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दायर गरेको हो । 

रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत रहँदा इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापीकिताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले डाँगी रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत डाँगीले ५० हजारबराबर घुस मागेको विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार ५०० घुस लिएको खुलेको जानकारी दिए । 

डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापीकिताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेस गर्दा घुस मागेको भन्दै भण्डारीले आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको बताए ।