
दुर्लभ वन्यजन्तु कछुवासहित प्रहरीले काठमाडौंको बौद्धबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका– ३ का २१ वर्षीय रमेश डंगोल र सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ प्रकाशपुरका २१ वर्षीय अनुराग मगर छन् ।
उनीहरूको साथबाट प्रहरीले २३ वटा छत कछुवा (रुफेड टर्टल) बरामद गरेको छ । कछुवाको बिक्री भइरहेको सूचनापछि गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।