Skip This
एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउँछौँ : उपाध्यक्ष ज्ञवाली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ श्रावण १२ बिहीबार १९:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउँछौँ : उपाध्यक्ष ज्ञवाली

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार १९:३९:oo

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउने दाबी गरेका छन् । बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले आगामी निर्वाचनपछि एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउने दाबी गरेका हुन् । ‘चीनसँग सन् १९६२ मा युद्ध हुँदा भारतीय सेना नेपालको भूमि कालापानीमा सेन्टरका लागि बसेको थियो, अहिलेसम्म पनि बसेको बस्यै छ,’ उनले भने, ‘अहिलेको परमादेशी सरकारले हटाउने कुरै भएन, अब एमालेको सरकार बनेपछि हटाउँछौँ ।’

भारतीयले कब्जा गरेर राखेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर एमाले नेतृत्वको सरकारले नक्सा जारी गरेको बताउँदै अन्य सरकारले त्यस्तो ‘राष्ट्रवादी’ काम गर्न नसकेको उनको भनाइ थियो । उपाध्यक्ष ज्ञवालीले नागरिकता विधेयकले नेपाललाई फिजिकरणको बाटोमा लैजानेसमेत दाबी गरे । 

उनले कांग्रेसले एमाले हराउनका लागि चुनावमा गठबन्धन गरेर जाने निर्णय गरेको बताउँदै एमाले एक्लै चुनाव लड्ने घोषणा गरे । ‘एमालेसँग त्यो सामर्थ्य छ, हामी एक्लाएक्लै चुनाव लड्न तयार छौँ,’ उनले भने, ‘हामी गठबन्धन गरेर जाँदैनौँ ।’ स्थानीय चुनावमा धाँधली र पैसाको चलखेल भएको आरोप लगाउँदै उनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा त्यस्तो हुन नदिने बताए ।