मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ८ आइतबार १८:४२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

द सिक्रेट्स अफ राधा : गर्भवती महिलाको संघर्ष कथा (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १८:४२:oo

सुवर्ण थापा निर्देशित चलचित्र  ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार  निर्माण टिमले युट्युबमार्फत चलचित्रको २ मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन्। 

ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले आफ्ना श्रीमानको खोजी गर्ने क्रममा आउने उतार–चढावलाई चित्रण गरिएको छ। ‘द सिक्रेट्स अफ राधा’ नेपाली परिवेशमा गर्भवती महिलाले श्रीमानको पर्खाइमा बस्दा गर्नुपरेको संघर्षको कथा रहेको निर्देशक थापाले बताए। 

‘राधा नेपाली परिवेशको गर्भवती महिलाको संघर्ष हो । जसको श्रीमान वर्षाैंसम्म घरमा आउँदैनन्। राधा घरमा आफ्नी सासुको स्याहार गरेर बसेकी हुन्छिन्,’ उनले भने,‘राधाले श्रीमानको पर्खाईमा संघर्ष गर्नुपर्ने हुन्छ । श्रीमान नहुँदा गर्नुपरेको हन्डर र ठक्करलाई चित्रण गरेको छ।’

‘राधा’ नेपाली समाजको आमाहरूको प्रतिनिधि पात्र रहेको उनले बताए। ‘हाम्रा दिदीबहिनीहरूको कथा हो, हाम्रा आमाहरूको कथा हो । ‘राधा’ चलचित्रको प्रनिनिधि पात्र मात्रै हो,’ थापाले भने। 

‘राधा’ले नेपाली नेपाली सिनेमा उद्योगको लागि एउटा इँटा थप्ने छ उनको विश्वास छ । चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू पनि पठाउन थालिएको निर्देशक थापाले बताए ।