१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ श्रावण ७ शनिबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयमा पाठ्यपुस्तकविनै परीक्षा

Read Time : < 1 मिनेट
२०७९ श्रावण ७ शनिबार १२:४६:००

सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन्। नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन्। जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनीलकुमार कुशवाहले बताए। उनका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरूमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइरहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक छैन।

विद्यार्थी पाठ्यपुस्तकविना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरूले बताए। कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमुना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोखरेलले जानकारी दिए। उनका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन्।

त्यस्तै, निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालले जनाएको छ। जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरुले बताएका छन्।

जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले जनाएको छ। प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरू नआएको इकाइका निमित्त प्रमुख कुशवाहले बताए। रासस