मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण ५ बिहीबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एजेन्डामा प्रवेशै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

Read Time : < 1 मिनेट
२०७९ श्रावण ५ बिहीबार ११:१३:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो।

दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेन्डा तय भएका थिए। एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको थियो। ढिलो गरी सुरु भएको बैठक पनि एजेन्डामा प्रवेशै नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिएका छन्। 

पहिलोपटक एजेन्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको थियो। यसअघि गत सोमबारका लागि तय भएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो।