मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १३ शुक्रबार
  • Friday, 27 January, 2023
नयाँ पत्रिका मकवानपुर
२०७९ श्रावण २ सोमबार १२:४४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक साउन ५ गते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७९ श्रावण २ सोमबार १२:४४:००

बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेश सभाको १०औँ अधिवेशनको २६औँ बैठक साउन ५ गते बिहीबार दिउँसो १ बजे बस्ने निर्णय भएकोे प्रदेश सभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेको थियो । रासस