उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

तस्बिर : ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका

उपसभामुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । उनी एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् । 

प्रतिनिधिसभामा शुक्रबार भएको मतदानमा कुल दुई सय ४२ सांसदको उपस्थिति रहेको थियो । जसमध्ये भुसालका पक्षमा एक सय ४८ सांसदले मत जाहेर गरेका थिए । भट्टराईको पक्षमा ९३ जनाले मत जाहेर  गरेका थिए भने एकजना सांसद तटस्थ बसेका थिए ।  

सुझावित समाचार