मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३० बिहीबार
  • Monday, 16 December, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३० बिहीबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणकाजी श्रेष्ठले मागे गभर्नर अधिकारीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३० बिहीबार १३:o८:oo

माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्दै उनको राजीनामा माग गरेका छन्।

बिहीबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा श्रेष्ठले गभर्नर विवादित भएकाले उनले राजीनामा दिनुपर्ने बताएका हुन्। गर्भनर अधिकारीले पद छोड्नु बेस हुने उनको भनाइ छ।

‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहुन्थ्यो। ०७३ सालको चाहिँ उहाँ नै हो। अहिले जो गभर्नर हुनुहुन्छ, अहिलेको चाहिँ अर्को हो भनेर गर्नुप–यो। होइन भने जेसुकै बोलेर यता, उता भएको भए पनि कमसेकम विवाद भयो, अन्याेल भयो भन्ने मात्रै तर्क गरेर पनि उहाँले राजीनामा दिनु, पद छोड्दिनु बेस हुन्छ,’ सांसद श्रेष्ठले भने ।