प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बिमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बिमा गरेर पनि सोअनुरूप उपचार नपाएकोमा चिन्ता प्रकट गरे ।
उनले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए । उनले नेपाल राष्ट्र बैंकका गभर्नरले सेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे ।