मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २९ बुधबार o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिलाई बुझाइँदै महालेखाको ५९औँ प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार o९:२४:oo

महालेखापरीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ५९औँ प्रतिवेदन बुझाउँदै छ । महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडलका अनुसार आव ०७७/७८ को अन्तिम लेखापरीक्षण प्रतिवेदन बुधबार दिउँसो २ बजे राष्ट्रपति भण्डारीलाई बुझाउने कार्यतालिका छ ।

संवैधानिक निकायको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने प्रावधानअनुसार महालेखापरीक्षक टंकमणि शर्मा दंगालले प्रतिवेदन बुझाउनेछन् । महालेखाले पत्रकार सम्मेलनमार्फत वार्षिक प्रतिवेदनबारे जानकारी गराउनेछ । संविधानको धारा २९४ (संवैधानिक निकायको वार्षिक प्रतिवेदन)मा महालेखापरीक्षकलगायतका संवैधानिक निकायले आफूले गरेको कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने र प्रधानमन्त्रीमार्फत त्यस्तो प्रतिवेदन संघीय संसद्समक्ष पेस हुने व्यवस्था छ । 

महालेखापरीक्षकबाट वर्षभरिमा लेखापरीक्षण भए, गरेका काम कारबाहीको विवरण, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार तथा आवश्यक विषय समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, तोकिएका निकायको लेखापरीक्षण सम्पन्न गरिसकेपछि रायसहितको लेखापरीक्षण प्रतिवेदनसमेत जारी गर्न सक्ने व्यवस्था लेखापरीक्षण ऐनमा छ ।