मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २७ सोमबार
  • Saturday, 12 July, 2025
समाचार डिजिटल संस्करण

ठमेल पर्यटन विकास परिषदको नयाँ नेतृत्वको लागि शर्मा समूहको पूर्ण प्यानल घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २७ सोमबार १२:३१:oo

ठमेल पर्यटन विकास परिषदको नयाँ नेतृत्वको लागि भविश्वर शर्माले शर्मा समूहले पूर्ण प्यानल घोषणा गरेको छ। परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माको समूहले उम्मेद्वारी दिने १५ जनाको नाम सार्वजनिक गरेको हो।  

शर्माको समुहले सार्वजनिक गरेको प्यानलमा अध्यक्षमा भविश्वर शर्मा,उपाध्यक्षमा प्रश्रय राजभण्डारी, सहदेव धमला र  सुरेन्द्र श्रेष्ठ,महासचिवमा बद्री तिमिल्सिना सचिवमा स्वजेश मान मालाकार,कोषाध्यक्षमा उज्जल थपलिया रहेका छन्।

त्यस्तै सदस्यहरुमा चेतनाथ पुडासैनी,कोपिला सिंखडा (तिवारी)रोशन अधिकारी,लाल बाबु चौधरी,पूर्णिमा मालाकार,अमृत थोकर,इन्दिरा कुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा रहेका छन्।

शर्मा समुहले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ। त्यस्ते ठमेल क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्न सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने लगाायतको एजेण्डा अगाडि सारेको छ। 

त्यस्तै ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने,ठमेलको फरक पहिचानलाई समेत प्रवद्धन गर्ने शर्मा समुहको प्रतिबद्धता छ ।