१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २८ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

संसदमा पेस हुन लागेको नागरिकता ऐनबारे एनआरएनएका प्रतिनिधिद्वारा विभिन्न व्यक्तिसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार ११:३५:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले विभिन्न व्यक्तिहरूसँग भेट गरेको छ। एनआरएनएको टोलीले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, गृहसचिव टेकनारायण पाण्डेलगायतसँग सोमबार भेट गरेकाे हाे।

छुट्टाछुट्टै भएको भेटमा एनआरएनएका प्रतिनिधिले सरकारले संशोधनसहित प्रतिनिधिसभामा पेस गर्न लागेको नागरिकता ऐनबारे छलफल गरेका हुन्।

संविधानसभा अध्यक्ष नेम्वाङसँगको भेटमा उनीहरूले पेस हुन लागेको ऐनमा संविधानको व्यवस्थाअनुसार गैरआवासीय नेपालीको अधिकारलाई सम्बोधन गर्न आग्रह गरेका थिए। नेम्वाङले संविधानमा भएका व्यवस्थालाई ऐनमा समेटिएको र सबै दल यसमा सहमत रहेकाले छिटै पास हुने आश्वासन दिए।

त्यसैगरी, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गैरआवासीय नेपालीका विषयमा संविधानमा प्रावधान भएको विषयबाट पछि हट्न नसिकने बताउँदै सुधार गर्नुपर्ने विषय प्रतिनिधिसभाले हेर्ने बताए। उनले नागरिकता ऐन राष्ट्रिय सभामा पेस भएपछि संशोधित ऐनमाथि छलफल गरेर चाँडै प्रक्रिया पूरा हुनेसमेत बताए।

एनआरएनएको टोलीले गुठी संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसाल र पशुपति विकास कोषका सदस्यसचिव डा. मिलन थापासँग पनि भेट गरेको थियो। भेटमा पशुपति क्षेत्रमा निर्माण गर्न लागेको अत्याधुनिक वृद्धाश्रमबारे जानकारी दिँदै उक्त भवनका लागि चाहिने जग्गा यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको एनआरएनएले जनाएको छ।